ग्रीनलाइफको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन, लगानीकर्ता कति ?

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार ४ः३१ बजेसम्म २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको हो ।

यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् । यो आइपीओ भर्ने मंगलबार अन्तिम दिन हो । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *