नेप्सेले गर्यो एकैपटक ११ कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

नेपाल स्टक एक्सचेञ्जले एकैपटक ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सोमबार एक सूचना जारी गर्दै ७ हाइड्रोपावर कम्पनी, २ माइक्रोफाइनान्स, १ इन्सुरेन्स र १ विकास बैंकको कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुनेमा नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथर पावर, राधी विद्युत कम्पनी, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर रहेका छन् ।
यस्तै, गुराँस लाइफ इन्सुरेन्स, नेसनल माइक्रोफाइनान्स, कालिका लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको पनि सेयर कारोबार रोक्का भएको छ । नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने आव २०७५–७६ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले सेयर कारोबार रोक्का गरिएको जनाएको छ ।
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *